Judges 9:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर आज तिमीहरू मेरा बुबाका परिवारको विरुद्ध खडा भएका छौ। तिमीहरूले उनका सत्तरी जना छोराहरूलाई एउटै ढुङ्गामाथि मार्यौ, कारण उनका दासीपट्टिको छोरो अबीमेलेक तिमीहरूको आफन्त पर्थ्यो र जसलाई तिमीहरूले शकेममा राजा बनाएका छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर आज तिमीहरू मेरा पिताका घरानाको विरुद्धमा खड़ा भएका छौ, र तिनका सत्तरी जना छोराहरूलाई एउटै ढुङ्गामाथि काटेर मारेका छौ, र तिनकी कमारीको छोरो अबीमेलेकलाई तिमीहरूको आफ्नो भाइको नाताले शकेमका नगरवासीहरूको राजा तुल्याएका छौ—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर आज तिमीहरू मेरो पिताको परिवारको विरुद्धमा बागी भएका छौ। तिनका सत्तरी जना छोराहरूलाई एउटै ढुङ्गामाथि काटेर हत्या गरेका छौ। अनि तिनकी कमारीको छोरा अबीमेलेकलाई शेकेमका नागरिकहरूमाथि राजा तुल्याएका छौ; किनकि त्यो तिमीहरूकै आफन्त हो।
Nepali ERV (पवित्र बाइबल)
तर अहिले तिमीहरू मेरा पिताको घराना विरूद्ध भयौ। मेरो पिताका सबै सत्तरी जना छोराहरू तिमीहरूले एउटै ढुङ्गामा मार्यौ। तिमीहरूले अबीमेलेकलाई शकेम शहरका राजा बनायौ। तिनी मेरो पिताका कमारीको एउटै छोरा हुन्। तर तिमीहरूले तिनलाई राजा बनायौ किनभने तिनी तिमीहरूका आफन्त हुन्।