Judges 9:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँ आफ्‍ना मामाहरूलाई शकेमका मानिसहरूसँग उनले यो सोध्‍न लगाए, “तिमीहरू के माग्‍दछौ? गिदोनका सत्तरी जना छोराहरूले तिमीहरूमाथि राज गरून् कि एकै जनाले मात्र गरोस्? अबीमेलेक त हाम्रै हाड र मासु हो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“कृपा गरी शकेमका सबै नगरवासीहरूका कानमा एउटा कुरा सोध्‍नुहोस्‌: ‘यरूब-बालका सत्तरी छोराहरूले तिनीहरूमाथि शासन गर्नु असल कि एकै जनाले मात्र?’ म तपाईंहरूकै हाड़ र मासु हुँ भन्‍ने कुरो सम्‍झना राख्‍नुहोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“शेकेमका सबै नागरिकहरूलाई सोध्नुहोस्, ‘तपाईंहरूका निम्ति तपाईंहरूमाथि यरूब-बालका सत्तरी जना छोराहरूले शासन गर्नु असल हो कि एकै जनाले शासन गर्नु असल?’ म तपाईंहरूकै मासु र रगत हुँ भनी याद गर्नुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
“शकेम शहरका अगुवाहरूलाई यो प्रश्न सोधः ‘यरूब्बालका सत्तरी जना छोराहरूले तिमीहरू माथि शासन गरेको राम्रो कि केवल एक व्यक्तिले शासन गरेको राम्रो? याद राख्नोस्, म तपाईंहरूको आफन्त हुँ।”‘