Judges 9:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शकेमबासीहरूले अबीमेलेकका विरुद्धमा डाँडा-काँडामा मानिसहरूलाई ढुक्‍न लाएका थिए। त्‍यसबाट हिँड्‍नेहरू सबैलाई ती मानिसहरूले लुट्थे। यो खबर अबीमेलेकले पाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनको विरुद्धमा शकेमवासीहरूले डाँड़ाका टुप्‍पातिर बाटो हिँड्‌ने प्रत्‍येकलाई ढुक्‍न र डाँका मार्न मानिसहरूलाई राखे, र यो खबर अबीमेलेककहाँ पुर्‍याइयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनको विरुद्धमा शेकेमका ती नागरिकहरूले त्यहाँबाट भएर जाने प्रत्येकलाई ढुकेर लुट्न भनी पहाडमाथि मानिसहरूलाई खटाए, र यो कुरा अबीमेलेकलाई सुनाइयो।
Nepali ERV (पवित्र बाइबल)
शकेमका अगुवाहरूले अबीमेलेकलाई अपमान गरे। ती मानिसहरूले त्यो बाटो भएर यात्रा गर्नेहरूलाई आक्वमण गर्न अनि लुट्नका निम्ति मानिसहरूलाई पहाडको टापूमा राखे। अबीमेलेकले ती आक्रमणहरूको बारेमा थाहा पाए।