Judges 9:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू सबै जना दाखबारीमा गए, दाख बटुले र दाखमद्य बनाए र उत्सव मनाउन लागे। तिनीहरू आफ्ना देवताको मन्दिरमा गए, त्यहाँ खाए, पिए अनि अबीमेलेकको हाँसो उडाउन लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू आफ्ना दाखबारीहरूमा गए, पाकेका अंगूरहरू टिपे, र कोलमा पेले। त्यसपछि तिनीहरू आफ्नो देवताको मन्दिरमा चाड़ मनाउन गए। त्यहाँ तिनीहरूले खानपान गरेर अबीमेलेकलाई सरापे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू खेतमा गएर अङ्गुर बटुलेर पेले। त्यसपछि तिनीहरूले आफ्नो देवी-देवताको मन्दिरमा चाड मनाए। तिनीहरूले खाँदै र पिउँदै गरेको बेला तिनीहरूले अबीमेलेकलाई सरापे।
Nepali ERV (पवित्र बाइबल)
एकदिन शकेमका मानिसहरू दाख टिप्न खेततिर गए। मानिसहरूले दाखरस तयार गर्नलाई अंग्ङुरहरू निचारे। त्यसपछि तिनीहरूले आफ्ना देवताको मन्दिरमा चाड मनाउन गए। मानिसहरूले खाए पिए अनि अबीमेलेको बारेमा नराम्रा कुराहरू भने।