Judges 9:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गालले भन्‍यो, “हामी शकेमका बासिन्‍दाहरू कस्‍ता मानिसहरू हौं? हामी किन अबीमेलेकको चाकरी गर्दछौं? ऊ को हो र? गिदोनको छोरा हो? सहरका शासक जबूलले उसको आज्ञापालन गर्छ। तर हामीले चाहिँ किन उसको सेवा गर्नुपर्छ? हाम्रो वंश खडा गर्ने हाम्रो पुर्खा हमोरलाई तिमीहरू आफ्‍ना राजभक्ति देओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब एबेदका छोरा गालले भने, “अबीमेलेक को हो? र शकेम को हो, र हामी त्‍यसको प्रजा हुने? के त्‍यो यरूब-बालको छोरो होइन? र त्‍यसको सहायकचाहिँ जबूल होइन? शकेमका पिता हमोरका मानिसहरूको सेवा हामीले किन गर्ने? हामीले किन अबीमेलेकको सेवा गर्ने?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब एबेदका छोरा गालले भने, “अबीमेलेक को हो? अनि शेकेम को हो र हामी त्यसको अधीनमा बस्‍ने? के त्यो यरूब-बालको छोरा होइन? जबूल त्यसको नाइके होइन र? शेकेमको बुबा हामोरका मानिसहरूको सेवा गर! हामीले किन अबीमेलेकको सेवा गर्ने?
Nepali ERV (पवित्र बाइबल)
तब एबेदका छोरा गालले भने, “हामी शकेमका मानिसहरू हौं। हामीले किन अबीमेलेकको आज्ञा पालन गर्नु? तिनले आफूलाई को हो भन्ने ठान्छन्? अबीमेलेक यरूब्बालका एक छोरा हुन्, ठीक हो? अनि अबीमेलेकले जबूललाई आफ्ना अधिकारी बनाए, सही हो? हामीले अबीमेलेकको आज्ञा पालन गर्नु हुँदैन। हामीले हाम्रै मानिसहरू हमोरका मानिसहरूको अनुसरण गर्नुपर्छ। (हमोर शकेमका पिता थिए।)