Judges 9:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बाल-बरीतको मन्‍दिरबाट सत्तरी वटा चाँदीका सिक्‍का तिनीहरूले उनलाई दिए। तीबाट अबीमेलेकले एक दल बेकम्‍मा साहसी मानिसहरूलाई भाडामा लिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले तिनलाई बाल-बरीतको मन्‍दिरबाट चाँदीका सत्तरी सिक्‍का दिए, र ती लिएर तिनले हुर्दुङ्गे तर साहसी मानिसहरूलाई भाड़ामा लिए, र तिनीहरू तिनको पछि लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले उनलाई बाल-बरीतको मन्दिरबाट चाँदीका सत्तरी शेकेल दिए। अनि अबीमेलेकले चाँदीलाई काम नलाग्ने दुष्‍ट मानिसहरूलाई भाडामा लिनका निम्ति प्रयोग गरे, र तिनीहरू उनको पछि लागे।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ शकेमका ती अगुवाहरूले अबीमेलेकलाई सत्तरी चाँदीका सिक्का दिए। त्यो चाँदी बालबरीत देवताको मन्दिरको थियो। अबीमेलेकले त्यो चाँदी केही मानिसहरू ज्यालामा ल्याउनमा उपयोग गरे। यी मानिसहरू बेकामका, व्यपारी थिए। तिनीहरूले अबीमेलेकलाई जहाँ गए ता पनि पछ्याउँथे।