Judges 9:43 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले आफ्ना मानिसहरूलाई तीन दलमा बाँडे र खेतबारीमा गई लुकेर तिनीहरूलाई पर्खिरहे। मानिसहरू सहरबाट निस्केर आएको देखेर उनी आफू लुकेको ठाउँबाट निस्केर तिनीहरूलाई मार्न अघि बढे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले तिनले चाहिँ आफ्ना मानिसहरूलाई ल्याएर तिनीहरूका तीन दल बनाए, र सहरबाहिर खुला ठाउँमा ढुकिबसे। जब तिनले मानिसहरूलाई सहरबाट निस्कँदैआएका देखे, तब उठेर तिनले तिनीहरूमाथि आक्रमण गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिनले आफ्ना मानिसहरूलाई लिए। अनि तिनीहरूलाई तीन दलमा भाग गरे, र खेतहरूमा ढुकिबसे। तिनले मानिसहरूलाई सहरदेखि बाहिर आइरहेको देखेपछि तिनी उनीहरूलाई आक्रमण गर्नलाई खडा भए।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ अबीमेलेकले आफ्ना मानिसहरूलाई तीन समूहमा छुट्याए। तिनीले शकेमका मानिसहरूलाई अचानक आक्वमण गर्न चाहन्थे। यसर्थ तिनले आफ्ना मानिसहरूलाई खेतमा लुकाए। जब उसले मानिसहरूलाई शहर बाहिर निस्केको देखे तिनले उफ्रिएर तिनीहरू माथि आक्वमण गरे।