Judges 9:45 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लडाइँ दिनभरि चलिरह्यो। अबीमेलेकले सहर कब्जा गरे, सहरका मानिसहरूलाई मारेर त्यसको नाश गरे र त्यहाँका जमिनमा नुन छरेर भरिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अबीमेलेकले दिनभरि त्यस सहरमाथि आक्रमण गरे, र त्यसलाई कब्जा गरे। तिनले त्यहाँका मानिसहरूलाई मारे, सहर जलाइदिए, र त्यस ठाउँमा नून छरिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अबीमेलेकले दिनभरि त्यस सहरमाथि आक्रमण गरे, र त्यसलाई कब्जा गरे। तिनले त्यहाँका मानिसहरूलाई मारे, र त्यस सहर जलाइदिए; अनि त्यस ठाउँमा नुन छरिदिए।
Nepali ERV (पवित्र बाइबल)
अबीमेलेक अनि तिनका मानिसहरूले त्यो दिनभरि शकेम शहरको विरूद्ध युद्धगरे। अबीमेलेक अनि तिनका मानिसहरूले शकेम शहर कब्जा गरे अनि त्यस शहरका मानिसहरूलाई मारिदिए। त्यसपछि अबीमेलेकले त्यो शहरलाई भत्काए अनि त्यसको ध्वंशावशेषमा नून छरिदिए।