Judges 9:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनी ओप्रामा आफ्‍ना पिताको घर गए र त्‍यहाँ उनले एउटै ढुङ्गामाथि आफ्‍ना सत्तरी जना दाजुभाइहरू अर्थात् गिदोनका छोराहरूलाई मारे। तर एक भाइ गिदोनको कान्‍छो छोरो योतामचाहिँ लुकेर बस्‍यो र मारिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि तिनी आफ्‍नो बुबाको घर ओप्रामा गए, र लुकेर बस्‍ने कान्‍छा छोरा योतामबाहेक यरूब-बालका छोराहरू, तिनका आफ्‍ना सत्तरी जना दाजुभाइहरूलाई एउटै ढुङ्गामाथि काटेर मारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनी आफ्नो पिताको घर ओप्रामा गएर एउटा ढुङ्गामाथि आफ्ना सत्तरी जना दाजुभाइहरू, अर्थात् यरूब-बालका छोराहरूलाई हत्या गरे। तर यरूब-बालका कान्छा छोरा योतामचाहिँ लुकेर उम्के।
Nepali ERV (पवित्र बाइबल)
अबीमेलेक ओप्रामा उसको बाबुको घरमा गए। अबीमेलेकले आफ्ना पिता यरूब्बालका सत्तरी जना छोराहरूलाई एउटा ढुङ्गामा मारे। तर यरूब्बालका कान्छा छोरा अबीमेलेकदेखि लुके र भागे। त्यो कान्छा छोराको नाउँ योताम थियो।