Lamentations 1:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसका सबै मानिसहरू सुस्‍केरा मार्दै अन्‍नको खोजीमा छन्, आफ्‍ना धन-सम्‍पत्ति खानेकुरासित साट्दछन्। “हे परमप्रभु, मलाई हेर्नुहोस्, मेरो कष्‍टमा मलाई हेर्नुहोस्,” भनी त्‍यस सहरले पुकार्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसका सबै मानिसहरू सुस्‍केरा मार्दै अन्‍नको खोजीमा छन्‌। आफ्‍नो प्राण बचाउनलाई तिनीहरू खानेकुरासित आफ्‍ना धन-सम्‍पत्ति साट्‌दछन्‌। “हे परमप्रभु, हेर्नुहोस्‌ र विचार गर्नुहोस्, किनभने म तुच्‍छ गनिएको छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका सबै मानिसहरू सुस्केरा मार्दै रोटीको खोजी गर्दछन्; तिनीहरू जीवित रहनका निम्ति आफ्ना धनसम्पत्तिहरू खानेकुरासँग साट्दछन्। “हे याहवेह, हेर्नुहोस् र विचार गर्नुहोस्; किनकि म त तुच्छ भएको छु।”
Nepali ERV (पवित्र बाइबल)
यरूशलेमका सारा मानिसहरू विलाप गरिरहेकाछन्। उसका सबै मानिसहरू भोजन खोज्दैछन्। तिनीहरूले आफ्नो सारा सुन्दर चीजहरू खाने कुराहरूसित साट्दैछन्। तिनीहरूले यसो गर्दैछन् ताकि तिनीहरू बाँच्न सकुन्। यरूशलेम भन्छे, “हेर्नुहोस्, परमप्रभु मलाई हेर्नुहोस्। म तुच्छ ठानिन्छु।