Lamentations 1:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“उहाँले माथिबाट आगो झारिदिनुभयो; त्यो आगो मभित्र सल्कियो। उहाँले मेरो निम्ति जाल फिंजाउनुभयो र मलाई त्यहीं ठाउँमा फर्काउनुभयो। अनि उहाँले मलाई उजाड पार्नुभयो र अटुट कष्टमा नै छोड्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“उहाँले उच्चबाट आगो झारिदिनुभयो, त्यो मेरो हड्डीभित्र पठाउनुभयो। उहाँले मेरा खुट्टाको लागि जाल फिँजाउनुभयो, र मलाई फर्काउनुभयो। उहाँले मलाई उजाड़ पारेर दिनभरि नै निर्बल राख्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“उहाँले माथिबाट आगो पठाउनुभएको छ; त्यो आगो मेरा हड्डीभित्र सल्किएको छ। उहाँले मेरा पाउका निम्ति जाल फैलाउनुभएको छ, र उहाँले मलाई फर्काउनुभएको छ। उहाँले मलाई उजाड पार्नुभएको छ, र अटुट पीडामा छोड्नुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले माथिबाट आगो पठाउनु भयो। त्यो आगो मेरो हड्डीहरू भित्र पस्यो। उहाँले मेरो खुट्टातिर जाल फिजाउनु भयो। उहाँले मलाई फर्काउनु भयो र मलाई बाँझो भूमि तुल्य बनाउँनु भुयो। म दिनभरि शिथिल भएँ।