Lamentations 1:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“त्यसकारण मेरा आँखाबाट आँसुको धारा बहिरहन्छ। मलाई सान्त्वना दिने कोही पनि छैन; मलाई साहस दिन सक्ने कोही पनि छैन। शत्रु ममाथि विजयी भएको छ; मेरा मानिसहरू कोही पनि रहेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यी सबैको कारणले म रुँदैछु, मेरो आँखाबाट आँसुको धारा बग्छ। मलाई सान्त्वना दिन मेरो नजिक कोही छैन, मेरो आत्मा पुनर्जीवित गराउने कोही छैन। मेरा बालकहरू बेसहारा छन्, किनभने शत्रु प्रबल भएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यी सबै कारणले म रुन्छु, र मेरा आँखाबाट आँसुका धारा बग्छन्। मलाई सान्त्वना दिने कोही पनि नजिक छैन, र मेरो आत्मा पुनर्जीवित गर्ने कोही पनि छैन। मेरो शत्रु विजयी भएको कारण मेरा छोराछोरीहरू बेसहारा भएका छन्।”
Nepali ERV (पवित्र बाइबल)
“म यी सारा घटनाहरूको शोक मनाइ रहेको छु। मेरो आखाँहरूबाट आँसुको धारा बग्छन्। तर त्यहाँ मलाई सान्त्वना दिन मेरो नजीक कोही छैन। मलाई सान्त्वना दिन सक्ने त्यहाँ कोहि छैन। मेरा नानीहरू बाँझो भूमि जस्तै छन्। तिनीहरू यस्ता भए किनभने तिनीहरूका शत्रुले तिनीहरूलाई जिते।”