Lamentations 1:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“म मेरा हातहरू फैलाउँदछु तर मलाई सहायता गर्ने कोही पनि छैन। परमप्रभुले मेरो विरुद्धमा उठ्न चारैतिरबाट शत्रुहरूलाई हुकुम गर्नुभएको छ; तिनीहरूले मलाई मैला थाङ्नाझैँ व्यवहार गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सियोन बिन्ती गर्नलाई आफ्नो हात पसार्छ, तर त्यसलाई सान्त्वना दिने कोही छैन। परमप्रभुले याकूबको विरुद्धमा त्यसका छिमेकीहरू त्यसका शत्रु होऊन् भनी हुकुम गर्नुभएको छ। तिनीहरूका बीचमा यरूशलेम एक अशुद्ध थोक भएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सियोनले आफ्नो हात फैलाउँछे, तर त्यसलाई सान्त्वना दिने कोही पनि छैन। याहवेहले याकोबको विरुद्धमा आज्ञा दिनुभएको छ; त्यसका छिमेकीहरू त्यसका शत्रु होऊन्; यरूशलेम तिनीहरूका बीचमा एक अशुद्ध कुरा भएकी छे।
Nepali ERV (पवित्र बाइबल)
सियोनले आफ्ना हातहरू फैलाई तर त्यहाँ उसलाई सान्त्वना दिन कोही पनि आएनन्। परमप्रभुले याकूबका शत्रुहरूलाई आदेश दिनुभएको थियो। परमप्रभुले शहर वरिपरि तिनीहरूलाई घेर्ने आदेश दिनु भएको थियो। यरूशलेम उसका ती शत्रुहरू माझ केही मात्रामा कलंकित भई।