Lamentations 1:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा सुस्केरालाई सुन्नुहोस्; मलाई सान्त्वना दिने कोही पनि छैन। तपाईंले ममाथि ल्याइदिनुभएको विपत्तिको कारणले गर्दा मेरा शत्रुहरू खुसी छन्। तपाईंले प्रतिज्ञा गर्नुभएको दिन ल्याउनुहोस्; मेरा शत्रुहरूले पनि मजस्तै दु:ख भोगून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मानिसहरूले मेरो सुस्केरा सुनेका छन्, तर मलाई सान्त्वना दिने कोही छैन। मेरा सबै शत्रुहरूले मेरो विपत्तिको कुरा सुनेका छन्। तपाईंले यसो गर्नुभएकोमा तिनीहरू खुशी छन्। तपाईंले घोषणा गर्नुभएको दिन ल्याउनुहोस्, र तिनीहरू पनि मैजस्ता होऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मानिसहरूले मेरो सुस्केरा सुनेका छन्, तर मलाई सान्त्वना दिने कोही पनि छैन। मेरा सबै शत्रुहरूले मेरो कष्टको बारेमा सुनेका छन्; तपाईंले जे गर्नुभयो, त्यसमा शत्रुहरू रमाउँछन्। तपाईंले घोषणा गर्नुभएको दण्डको दिन ल्याउनुहोस्, र मेरा शत्रुहरू पनि मजस्तै कष्टमा परून्।
Nepali ERV (पवित्र बाइबल)
“मेरो कुरा सुन, किनभने म पीडाले रूँदै छु। मलाई सान्त्वना दिने कोही पनि छैन। सबै शत्रुहरूले मेरो दुर्बलताहरूको बारेमा थाहा पाइसकेकाछन। तिनीहरू सुखी छन्। किनभने तपाईंले मलाई यस्तो गर्नु भयो। तिनीहरू सुखी छन् तपाईंले भन्नुभयो कि मेरा शत्रुहरूलाई तपाईंले दण्ड दिनुहुनेछ। अब तपाईंले जे भन्नुभएको थियो त्यो गर्नुहोस्। अब त्यही गर्नुहोस्। मेरा शत्रुहरू पनि अहिले मेरो जुन अवस्था छ त्यही अवस्थामा होउन्।