Lamentations 1:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अघिको यरूशलेमको गौरव अब गइसकेको छ। त्‍यसका अगुवाहरू भोकाएका मृगहरूझैँ दुर्बल भएका छन्। तिनीहरू कमजोर भएर खेद्‌नेहरूबाट भागेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सियोनकी छोरीबाट त्‍यसका सबै गौरव गइहालेका छन्‌। त्‍यसका राजकुमारहरू खर्क नपाउने मृगहरूजस्‍तै छन्‌। तिनीहरू दुर्बल भएर खेद्‌नेहरूका अगिअगि भागेका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सियोनकी छोरीबाट सबै गौरव हटिसकेको छ। त्यसका राजकुमारहरू घाँसे खर्क नपाएका कमजोर मृगहरूजस्तै भएका छन्; तिनीहरू दुर्बल भएर तिनीहरूलाई खेद्नेहरूको अगि-अगि भागेका छन्।
Nepali ERV (पवित्र बाइबल)
छोरी, सियोनको सुन्दरता लोप भएको छ। यसका राजकुमारीहरू चर्ने मैदान नपाएको मृगहरू जस्तै थिए। दुर्बल भएर तिनीहरू खेद्नेहरूका अघि-अघि भागे।