Lamentations 1:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरूशलेमको आफ्नो नाश भएको दिनमा त्यसले पहिलेको गौरवको सम्झना गर्दछ। जब त्यो शत्रुको हातमा पर्यो, त्यसलाई सहायता गर्ने कोही पनि थिएन; त्यसलाई विजय गर्नेहरूले त्यसको पतन भएकोमा ठट्टा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यरूशलेमले आफ्ना दु:ख र सङ्कष्टका दिनमा उहिले भएका आफ्ना सबै बहुमूल्य कुराहरूको सम्झना गर्छ। जब त्यसका मानिसहरू शत्रुहरूका हातमा परे, त्यसलाई सहायता गर्ने कोही पनि थिएन, त्यसका शत्रुहरूले त्यसलाई हेरे, र त्यसको विनाशमा ठट्टा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यरूशलेमले सङ्कष्ट र भौँतारिएको बेलामा आफ्ना धनसम्पत्तिको सम्झना गर्दछे, जुन धनसम्पत्ति त्यसका बितेका पुराना दिनहरूमा थिए। जब त्यसका मानिसहरू शत्रुहरूका हातमा परे, तब त्यसलाई मदत दिने कोही पनि थिएन। त्यसका शत्रुहरूले त्यसलाई देखे, र त्यसको विनाशमा ठट्टा गरे।
Nepali ERV (पवित्र बाइबल)
यरूशलेमले आफ्नो घर गुमाएको अनि चोट पाएको, अतीतमा उसित राम्रा-राम्रा चीचहररू भएको, सम्झन्छे। उसका मानिसहरूलाई शत्रुहरूले बन्दी बनाएको र आफूलाई मद्दत गर्ने कोही नभएको अवस्था सम्झन्छे। जब उसलाई आफ्नो शत्रुहरूले देखे तिनीहरू हाँसे किनभने ऊ ध्वंश भएकी थिई।