Lamentations 1:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसको अशुद्धपना छर्लङ्गै देखिन्थ्यो। तर त्यसले आफ्नो आउने दुर्दिनको लागि वास्ता नै गरेन। त्यसको पतन भयङ्कर थियो; त्यसलाई सान्त्वना दिने कोही पनि थिएन। “हे परमप्रभु, मलाई दया गर्नुहोस् किनभने मेरा शत्रुहरू विजयी भएका छन्,” भनी त्यसले पुकार्छे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसको अशुद्धपना त्यसको फरियामा टाँसियो, त्यसले आफ्नो आउने दुर्दिनलाई सम्झेन। त्यसको पतन भयङ्कर थियो, त्यसलाई सान्त्वना दिने कोही थिएन। “हे परमप्रभु, मेरो कष्टलाई हेर्नुहोस्, किनभने शत्रु विजयी भएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको अशुद्धपन त्यसको फरियामा टाँसिएको थियो; त्यसले आफ्नो भविष्यको बारेमा सम्झिन। त्यसको पतन भयङ्कर थियो; त्यसलाई सान्त्वना दिने कोही पनि थिएन। “हे याहवेह, मेरो सङ्कष्टमा मलाई सहायता गर्नुहोस्; किनकि शत्रुहरू विजयी भएका छन्।”
Nepali ERV (पवित्र बाइबल)
यरूशलेमको वस्त्रहरू कलंकित भएकाछन्। भविष्यमा हुन सक्ने कुरोलाई उसले सोचिन्। उसको दुर्दिनलाई यसको पतन भयंङ्कर भयो। उसलाई सान्त्वना दिने कोही मानिस त्यहाँ भएनन्। ऊ भन्छे, “परमप्रभु, हेर्नुहोस् म कति दुखित छु। हेर्नुहोस् मेरा शत्रुहरू कसरी आफूलाई महान सोचि रहेकाछन्।”