Lamentations 2:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रभुले आफ्‍नो रिसमा सियोनलाई अन्‍धकारले ढाकिदिनुभएको छ। उहाँले त्‍यसको स्‍वर्गीय गौरवलाई सर्वनाशमा परिणत गरिदिनुभएको छ। आफ्‍नो रिसको दिनमा उहाँले आफ्‍नो मन्‍दिरलाई पनि सम्‍झनुभएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले आफ्‍नो रीसमा सियोनकी छोरीलाई कसरी घोर अन्‍धकारले ढाकिदिनुभएको छ! इस्राएलको गौरवलाई उहाँले आकाशदेखि पृथ्‍वीमा खसालिदिनुभएको छ। उहाँले आफ्‍नो रीसको दिनमा आफ्‍नो पाउदान, सियोनलाई पनि सम्‍झनुभएको छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभुले आफ्नो रिसको बादलले कसरी सियोनकी छोरीलाई ढाकिदिनुभएको छ! उहाँले इस्राएलको स्वर्गीय गौरवलाई तल पृथ्वीमा खसालिदिनुभएको छ; उहाँले आफ्नो रिसको दिनमा आफ्नो पाउदानलाई सम्झनुभएन।
Nepali ERV (पवित्र बाइबल)
हाय! कसरी परमप्रभुले सीयोनकी छोरीलाई बादलले ढाक्नु भएको छ, उहाँले कसरी इस्राएलको गौरवलाई, आकाशदेखि भूँईमा खसाल्नु भएकोछ! परमप्रभुले, जब आफ्नो रिस देखाउनु भयो उहाँले इस्राएलमा राखिएको पाउदानलाई पर्वाह गर्नु भएन।