Lamentations 2:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरूशलेमका बुढा-पाकाहरू चुपचाप भएर भूइँमा थुचुक्‍क बस्‍छन्। तिनीहरूले आ-आफ्‍ना टाउकोमाथि धुलो हालेका छन् र आफ्‍नो शरीरमा भाङ्ग्रा ओढेका छन्। तरुणी केटीहरूले आफ्‍ना शिरहरू भूइँसम्‍मै निहुराएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सियोनकी छोरीका धर्म-गुरुहरू भूइँमा मौन भएर बस्‍छन्, तिनीहरूले आफ्‍ना टाउकामा धूलो हालेका छन्, र भाङ्‌ग्रा ओढ़ेका छन्‌। यरूशलेमका कुमारीहरूले आफ्‍ना शिर भूइँसम्‍मै निहुराएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सियोनका छोरीका धर्मगुरुहरू चुपचाप भुइँमा बसेका छन्; तिनीहरूले आफ्ना शिरमा धुलो छरेका छन्, र भाङ्ग्राका वस्त्र पहिरिएका छन्। यरूशलेमका कुमारीहरूले आफ्नो शिर भुइँतिर झुकाएका छन्।
Nepali ERV (पवित्र बाइबल)
सियोनका सुबै बूढा-प्रधानहरू भूइँमा बसिरहेका छन्। उनीहरू भूइँमा चुपचाप बसिरहेका छन्। उनीहरूले आफ्नो टाउकोमा धूलो हाले अनि बोराको लुगा लगाएका छन्। यरूशलेमका तरूणीहरू दुखले टाउको भूइँमा झुकाएकाछन्।