Lamentations 2:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे यरूशलेम, प्‍यारो यरूशलेम, तेरो निम्‍ति म के भन्‍न सक्‍छु? कसरी म तँलाई सान्‍त्‍वना दिऊँ? कसैले कहिले पनि यस्‍तो किसिमको कष्‍ट भोगेको छैन। तेरो चोट समुद्रको गहिराइजस्‍तै छ; त्‍यसको निको हुने आशा छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे यरूशलेमकी छोरी, तेरो निम्‍ति म के भनूँ? म केसित तेरो तुलना गरूँ? हे सियोनकी कन्‍ये-छोरी, सान्‍त्‍वनाको निम्‍ति तँलाई केसित तुलना गरूँ? तेरो चोट महासमुद्रजस्‍तै गहिरो छ। कसले तँलाई बिसेक गराउन सक्‍छ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे यरूशलेमकी छोरी, तँलाई म के भनूँ? म तँलाई केसँग तुलना गरूँ? हे सियोनकी कुमारी छोरी, म तँलाई केसँग तुलना गरूँ? ताकि म तँलाई सान्त्वना दिन सकूँ? तेरो विनाशको चोट सागरझैँ गहिरो छ। तँलाई कसले निको पार्न सक्ला?
Nepali ERV (पवित्र बाइबल)
सियोनको छोरी तिमीहरूलाई म कोसित तुलना गरूँ? हे सियोनकी कन्या-छोरी तिमीलाई म कोसित तुलना गरू? म तिमीहरूलाई कसरी सुख शान्ति दिनसक्छु। तिमीहरूको विनाश समुद्र झैं विशाल छ। तिमीहरूलाई कसले जाती पार्न सक्छ?