Lamentations 2:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेरा अगमवक्ताहरूले देखेका दर्शनहरू झूटा र अनर्थ कुराहरू मात्र हुन्; तिनीहरूको उपदेशले तेरा पापलाई कहिल्‍यै प्रकट नगरेर तँलाई धोका दिएको छ। तिनीहरूले तँलाई आफ्‍नो पापको पश्‍चात्ताप गर्नु आवश्‍यक छैन भनी धोकामा पारेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरा अगमवक्ताहरूले देखेका दर्शनहरू झूटा र मूल्‍यहीन थिए। तेरो प्रवास हुन नदिन तिनीहरूले तेरो अधर्म प्रकट गरेनन्‌। तिनीहरूले तेरो निम्‍ति देखेका दर्शन झूटा र भर्माउने मात्र थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका अगमवक्ताहरूका दर्शनहरू झूटा र व्यर्थका थिए; तँलाई कैदमा जानबाट जोगाउनलाई तिनीहरूले तेरो पाप प्रकट गरिदिएनन्। बरु तिनीहरूले तेरा लागि झूटो र भ्रामक ईश्‍वरवाणी गरे।
Nepali ERV (पवित्र बाइबल)
तेरा अगमवक्ताहरूले तेरोलागि केहि देखेका थिए। तर उनीहरूको दर्शनहरू झूटो थियो। सुधारका निम्ति तिनीहरूले तेरो दोष देखाएनन। तिनीहरूले तेरो विषयमा प्रचार गरे तर तिनीहरूले तँलाई शुद्ध मूर्ख बनाए।