Lamentations 2:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सहरको छेउमा भएर जाने मानिसहरूले तँलाई घृणाले हेर्छन्। तिनीहरूले यरूशलेमको विनाश देखेर हाँस्दै आफ्नो टाउको हल्काउँछन्। “के यो त्यही सुन्दर सहर हो, जसलाई जगत्को गौरव भनिन्थ्यो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरो छेउबाट भएर जानेहरू सबैले तँलाई खुच्चिङ गरेर ताली बजाउँछन्। यरूशलेमकी छोरीको विरुद्धमा खिसी गरेर तिनीहरू शिर हल्लाउँछन्: “के यो त्यही सहर हो, जो ‘परम सुन्दरी’ र ‘सारा पृथ्वीको आनन्द’ भनी कहलाइन्थ्यो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरो बाटो छेउभएर जाने मानिसहरू सबैले तँलाई खिसी गर्दै ताली बजाउँछन्; यरूशलेमकी छोरीको विरुद्ध खिसी गर्दै टाउको हल्लाउँछन्: “के यो त्यही सहर हो, जसलाई अति सुन्दर र सारा पृथ्वीको आनन्द भनेर चिनिन्थ्यो?”
Nepali ERV (पवित्र बाइबल)
त्यो बाटो हिड्ने कुनै पनि मानिसले, अचम्मले थप्पडी मार्छन्। तिनीहरूले यरूशलेमका छोरीलाई सिट्टी बजाउँछन् र टाउको हल्लाउँछन्। उनीहरूले सोध्छन, “के जुन शहरलाई मानिसहरूले ‘परम सुन्दर शहर’ र ‘सारा पृथ्वीको आनन्द भन्ने गर्थे, यही शहर हो?’”