Lamentations 2:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे यरूशलेमका पर्खाल, तेरो हृदयले प्रभुलाई पुकार! तेरो आँसु नदीजस्‍तै रात-दिन बगा; रुवाइ र शोकले तँ आफैं थकित भइस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसहरूका हृदय परमप्रभुलाई पुकार्छन्‌। हे सियोनकी छोरीको पर्खाल, तेरो आँसु नदीजस्‍तै रातदिन बगा। कत्ति पनि विश्राम नले, तेरो आँखालाई आराम नदे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसका हृदयले प्रभुलाई चर्को सोरले पुकार्दछन्। हे सियोनकी छोरीको पर्खाल, तेरो आँसु नदीझैँ दिनरात बगोस्; तैँले आफूलाई अलिकति पनि विश्राम नदे! अनि आफ्ना आँखाहरूलाई पनि आराम नदे।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको सामुने अन्तर हृदयबाट क्रन्दन गर। हे सियोनकी छोरी तेरो पर्खालहरू आँसुको खोला जस्तै बग्न दे। रात-दिन तेरो आँसु बग्न दे। तेरो आँखालाई नरोक शान्त हुन नदे!