Lamentations 2:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हेर्नुहोस्, हे परमप्रभु! तपाईंले हामीलाई किन यसरी दण्‍ड दिनुहुन्‍छ! स्‍त्रीहरूले आफूले माया गरेका नानीहरूको मासु खान्छन्। पूजाहारीहरू र अगमवक्ताहरू मन्‍दिरमा नै मारिन्‍छन्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हेर्नुहोस्, हे परमप्रभु, र विचार गर्नुहोस्‌। कसलाई तपाईंले यस्‍तो दु:ख दिनुभएको छ? के स्‍त्रीहरूले आफ्‍नै गर्भका फल, आफूले जन्‍माएका बालकहरूलाई खाऊन्‌? के पूजाहारीहरू र अगमवक्ताहरू परमप्रभुको पवित्रस्‍थानमा मारिऊन्‌?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे याहवेह हेर्नुहोस् र विचार गर्नुहोस्: तपाईंले कोसँग यस्तो व्यवहार गर्नुभएको छ? के स्त्रीहरूले आफ्ना सन्तानहरूलाई, आफूले स्याहारेका आफ्नै गर्भका फलहरूलाई खाऊन्? के प्रभुका पवित्रस्थानका पुजारीहरू र अगमवक्ताहरू दुवै मारिऊन्?
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु! मलाई हेर्नु होस्, हेर्नुहोस्, म को हुँ, जसलाई तपाईंले यस्तो व्यवहार गर्नु हुँदैछ? म तपाईंलाई एउटा प्रश्न गर्न चाहन्छु, “के आफूले जन्माएको शिशुलाई नै स्त्रीले खानु? के तिनीहरूले हुर्काएको नानीहरूलाई नै खानु? के पूजाहारी र अगमवक्ताहरूलाई परमप्रभुको मन्दिरमा मार्नै पर्छ?”