Lamentations 2:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
युवा र बुढाहरूका लाशहरू गल्‍ली-गल्‍लीहरूमा त्‍यसै परिरहेका छन्; युवक र युवतीहरू शत्रुका तरवारले मरेका छन्। आफ्‍नो रिसको दिनमा तपाईंले तिनीहरूलाई दया-माया नगरीकनै मार्नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“गल्‍ली-गल्‍लीका धूलामा बूढ़ा र जवानहरू सोतर पर्छन्‌। मेरा कुमारीहरू र जवान मानिसहरू तरवारले ढालिएका छन्‌। आफ्‍नो रीसको दिनमा तपाईंले तिनीहरूलाई मार्नुभएको छ, नटिठ्याईकनै मार्नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“बुढापाका र जवानहरू सडकको धुलोमा एकसाथ लडिरहेका छन्; मेरा जवान केटा र केटीहरू शत्रुका तरवारले मारिएका छन्। तपाईंको क्रोधको दिनमा तपाईंले तिनीहरूलाई मार्नुभएको छ; तपाईंले तिनीहरूलाई नटिठ्याई मार्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
गल्लीहरूमा जवानहरू र बूढा मानिसको लाशहरू लडिरहेकाछन्। तरूणी अनि तन्देरीहरू तरवारले बराबरी काटिए। परमप्रभु जब तपाईं रिसाउनु भयो तब तिनीहरूलाई मार्नु भयो। कुनै दया नदेखाइकन तपाईंले तिनीहरूको नष्ट गर्नु भयो।