Lamentations 2:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उत्‍सवमा मानिसहरू भेला भएझैँ तपाईंले मेरा शत्रुहरूलाई मेरा चारैतिर आतङ्क मच्‍चाउन निम्‍तो दिनुभएको छ। तपाईंको त्‍यो रिसको दिनमा एक जना पनि भाग्‍न सक्‍दैन। मेरो मायामा हुर्काएर बढाएका मेरा सन्‍तानहरूलाई शत्रुहरूले मारेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“चाड़मा मानिसहरू भेला भएझैँ, तपाईंले मेरा शत्रुहरूलाई मेरा चारैतिरबाट जम्‍मा गर्नुभयो। परमप्रभुको रीसको दिनमा न त कोही उम्‍कन पायो न कोही बाँच्‍यो। मैले हुर्काएर बढ़ाएकाहरूलाई मेरो शत्रुले नाश गरिदिएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तपाईंले चाडको दिनमा मानिसहरूलाई बोलाएझैँ, तपाईंले चारैतिरबाट मेरो विरुद्धमा त्रास निम्त्याउनुभयो। याहवेहको क्रोधको दिनमा कोही पनि भाग्न वा बाँच्न सकेनन्; जसलाई मैले हुर्काएँ र स्याहारेँ; तिनीहरूलाई मेरा शत्रुहरूले सर्वनाश गरेका छन्।”
Nepali ERV (पवित्र बाइबल)
तपाईंले चारैतिरबाट मकहाँ आतङकलाई निम्ताउनु भयो। तपाईंले आतंकलाई कुनै पर्वका दिन जस्तै गरेर निम्ताउनु भयो। कुनै त्यक्ति पनि परमप्रभुको क्रोधबाट बाँच्न सकेन जसलाई हुर्काइ बढाई गरेकी थिएँ मेरा शत्रुहरूले तिनीहरूलाई मारे।