Lamentations 4:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले तिनीहरूको वास्‍तै गर्नुभएन; उहाँ आफैंले नै तिनीहरूलाई छरपष्‍ट पार्नुभयो। उहाँले हाम्रा पूजाहारीहरूलाई र शासकहरूलाई कुनै निगाह देखाउनुभएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु आफैले नै तिनीहरूलाई तितरबितर पार्नुभएको छ, उहाँले अब फेरि कहिल्‍यै तिनीहरूको वास्‍ता गर्नुहुनेछैन। पूजाहारीहरूलाई आदर देखाइएको छैन, अनि न धर्म-गुरुहरूमाथि केही निगाह गरिएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह आफैँले तिनीहरूलाई छरपस्ट पार्नुभएको छ; अब उहाँले तिनीहरूको वास्ता गर्न छोड्नुभएको छ। न पुजारीहरूलाई सम्मान दिइएको छ, न त अगुवाहरूलाई नै कृपादृष्‍टि देखाइएको छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु स्वयंले ती मानिसहरूलाई नष्ट गर्नुभयो उहाँले तिनीहरूको हेरचाह गर्नुभएन। उहाँले पूजाहारीहरूको आदर गर्नुभएन यहूदका बूढा-प्रधानहरूसँग उहाँको मैत्रीभाव थिएन्।