Lamentations 4:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे सियोन, तेरो अधर्मको दण्ड-सजाय पूरा भएको; फेरि कहिल्यै परमप्रभुले तँलाई निकालावास गर्नुहुनेछैन। तर हे एदोम, परमप्रभुले तँलाई दण्ड दिनुहुनेछ; उहाँले तेरा पाप-कार्यहरू प्रकट गर्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे सियोनकी छोरी, तेरो अधर्मको दण्ड समाप्त हुनेछ। उहाँले तेरो निकालावासको समय लम्ब्याउनुहुनेछैन। तर हे एदोमकी छोरी, तेरो अधर्मको दण्ड उहाँले तँलाई दिनुहुनेछ, उहाँले तेरा पापहरू प्रकट गर्नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे सियोनकी छोरी, तेरो दण्डको अन्त्य हुनेछ; उहाँले तेरो निर्वासनको अवधि लम्ब्याउनुहुनेछैन। तर हे एदोमकी छोरी, उहाँले तेरो पापको दण्ड दिनुहुनेछ; अनि उहाँले तेरो दुष्टता प्रकट गरिदिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
हे सियोन तिमीहरूका दण्ड पूर्ण भयो, तिमीहरू फेरि कैदखानामा छैनौ। तर हेर परमप्रभुले एदोमका मानिसहरूलाई तिमीहरूको पापको दण्ड दिनुहुनेछ। उहाँले तिमीहरूका पाप उदाङ्गो पार्नु हुनेछ।