Lamentations 4:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा राजकुमारहरू निष्‍कलङ्क र हिउँझैँ सेता थिए, ओजस्‍वी, बलिया र सुन्‍दर स्‍वस्‍थ्‍यका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसका युवराजहरू हिउँभन्‍दा सफा र दूधभन्‍दा सेता थिए, तिनीहरूका शरीर मानिकभन्‍दा राता थिए, तिनीहरूको रूप नीरहरूजस्‍ता थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका राजकुमारहरू हिउँभन्दा चम्किला र दूधभन्दा सेता थिए; तिनीहरूको शरीर बहुमूल्य रत्नमणीभन्दा राता र तिनीहरूको रूप नीलमणिको जस्तो तेजस्वी थियो।
Nepali ERV (पवित्र बाइबल)
यहूदका कतिपय मानिसहरूले विषेश प्रकारले परमप्रभुलाई समर्पण गरे। ती मानिसहरू अति पवित्र थिए। तिनीहरू हिँऊँभन्दा पनि सफा र दुध भन्दा पनि सेता थिए। तिनीहरूका शरीर मुँगा भन्दा पनि राता थिए। तिनीहरूका दाह्री नीलमणि ढुंङ्गा जस्तै थिए।