Leviticus 1:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस मानिसले त्‍यस पशुलाई टुक्रा-टुक्रा पारेर काटेपछि त्‍यहाँ सेवा गर्ने पूजाहारीले सबै टुक्राहरू, टाउको र बोसोसमेत आगोमाथि राखोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले त्‍यो टाउको र बोसोसमेत टुक्रा-टुक्रा गरी काटोस्, र वेदीमा भएको आगोमाथिका दाउरामा पूजाहारीले ती सजाएर राखून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस मानिसले यसलाई टुक्रा-टुक्रा पारोस्। अनि पुजारीले तिनीहरूलाई शिर र बोसोसमेत वेदीमाथि जलिरहेको दाउरामाथि मिलाओस्।
Nepali ERV (पवित्र बाइबल)
तब त्यो बलि टुक्रा-टुक्रा पारेर काटोस् आन्द्रा-भुँडी र अघि पछिका खुट्टाहरू पखालोस् अनि वेदीको दाउराको आगोमा पूजाहारीहरूले ती टुक्राहरू, बोसो र टाउको जलाओस।