Leviticus 1:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसले साँढेलाई त्यहाँ मारोस् र हारून वंशका पूजाहारीले परमप्रभुलाई रगत चढाऊन् र पवित्र पालको ढोकामा भएको वेदीको चारैपट्टि छर्कून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसले त्यस बाछालाई परमप्रभुको सामु काटेर मारोस्। अनि हारूनका छोराहरू, अर्थात् पूजाहारीहरूले रगत नजिक लगेर भेट हुने पालका ढोकाका सामुन्नेको वेदीमा वरिपरि छर्कून्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले त्यस बाछालाई याहवेहको सामु मारोस्। अनि हारूनका पुजारी छोराहरूले रगत ल्याएर त्यसलाई समागम पालको प्रवेशद्वारमा वेदीको सबैतिर भित्तामा छर्कून्।
Nepali ERV (पवित्र बाइबल)
“पछि त्यो बाछो परमप्रभुको सामुन्ने मारोस् तब हारूनका पूजाहारी छोराहरूले भेट हुने पालको ढोका नजिक भएको वेदी वरिपरि त्यसको रगत छर्किउन्।