Leviticus 10:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले हारून र तिनका बाँचेका दुई छोराहरू एलाजार र ईतामारलाई भने, “परमप्रभुलाई चढाएका अन्नबलिबाट उब्रेका अन्न लिएर खमिर नमिसाई रोटी बनाएर वेदीको छेउमा खाओ किनभने यो पवित्र भेटी हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशाले हारून र उनका बाँचेका छोराहरू, एलाजार र ईतामारलाई भने, “परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइएका बलिहरूबाट बाँकी रहेको अन्नबलि लिएर वेदीनेर खमिरविना खाओ, किनभने त्यो अति पवित्र छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशाले हारून र तिनका बाँकी रहेका छोराहरू, एलाजार र ईतामारलाई भने, “याहवेहका निम्ति आगोद्वारा चढाइएको अन्नबलिबाट उब्रेको भाग, जो खमिरविनाको छ, यसलाई लिएर वेदीको छेउमा खानू; किनकि यो अति पवित्र छ।
Nepali ERV (पवित्र बाइबल)
मोशाले हारूनका बाँचेका छोराहरू एलाजार र ईतामरलाई भने, “अन्नबलि लैजाऊ जो रहेको छ यसमा कुनै खमीर नमिसाऊ अनि वेदीको नजिक गएर खाऊ किनभने यो अतिनै पवित्र छ।