Leviticus 10:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर पूजाहारीहरूको निम्ति परमप्रभुलाई विशेष दान र भेटीका रूपमा चढाइएका ह्याकुला र पछिल्ला साँप्राहरू तिमी र तिम्रा परिवारले खान सक्छौ। ती तिमीहरूले विधिअनुसार शुद्ध ठहरिएको कुनै एउटा स्थानमा खान सक्छौ। यी भेटीहरू इस्राएलीहरूले चढाएका मेलबलिबाट तिमी र तिम्रा छोरा-छोरीहरूलाई दिइएका भाग हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर डोलाइएको ह्याकुला र प्रस्तुत गरिएको साँप्राचाहिँ तिमी र तिम्रा छोराछोरीहरूले चोखो ठाउँमा खानू, किनकि तीचाहिँ इस्राएलीहरूका मेलबलिबाट तिमी र तिम्रा छोराछोरीहरूको भाग दिइएका हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिमीहरू र तिमीहरूका छोराछोरीहरूले विशेष भेटीको रूपमा उचालिएको र अर्पण गरिएको ह्याकुला र चढाइएको फिला खान सक्छौ। यिनलाई विधिपूर्वक शुद्ध पारिएको ठाउँमा खानू। तिमीहरू र तिमीहरूका सन्तानलाई इस्राएलीहरूका मेलबलिहरूबाट तिमीहरूका भागको रूपमा दिइएको हो।
Nepali ERV (पवित्र बाइबल)
“तिमी र तिम्रा छोरा-छोरीहरूले समारोह शुद्ध ठाउँमा बसेर डोलाउने बलिको ह्याकुलो र तिघ्रो खान सक्छौ किनभने तिनीहरू तिमी र तिम्रा छोरा-छोरीहरूको निम्ति इस्राएलका मानिसहरूद्वारा मेलबलिको रूपमा दिइएका छन्।