Leviticus 10:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बोसो परमप्रभुलाई बलि चढाइएकै बेलामा तिनीहरूले ह्याकुलो र पछिल्ला साँप्राहरू ल्याउनलाई परमप्रभुको आज्ञाअनुसार यी सदाकालको निम्ति तिमी र तिम्रा छोराहरूका हिस्सा हुन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आगोद्वारा चढ़ाइएका बलिहरूको बोसोसहित, प्रस्तुत गरिएको साँप्रो र डोलाइएको ह्याकुलो परमप्रभुको सामु डोलाइने बलिको निम्ति तिनीहरूले ल्याऊन्, र परमप्रभुले आज्ञा गर्नुभएबमोजिम तिमी र तिम्रा छोराछोरीहरूका निम्ति ती सदाको हक हुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चढाइएको फिला र विशेष भेटीको रूपमा उचालिएको र अर्पण गरिएको ह्याकुला भेटीस्वरूप याहवेहको सामु आगोद्वारा चढाइएको बोसोको भागसित ल्याउनुपर्छ। याहवेहले आज्ञा गर्नुभएझैँ यी कुराहरू तिमीहरू र तिमीहरूका सन्तानको नियमित भाग हुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले डोलाइएको बलिको तिघ्रा र ह्याकुलो अनि बोसो पनि आगोद्वारा चढाउन ल्याउनु पर्छ। यो तिमी र तिम्रा नानीहरूको निम्ति परमप्रभुको आदेश अनुसार सँधैको निम्ति हुनेछ।”