Leviticus 10:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब मोशाले हारून र तिनका छोराहरू एलाजार र ईतामारलाई भने, “हामी शोकमा छौं भनी देखाएर तिमीहरूले आफ्ना केश कोर्न नछोड, कपडा नच्यात। त्यसो गर्यौ भने तिमीहरू मर्नेछौ र परमप्रभु सारा इस्राएली समूहसित रिसाउनुहुनेछ। तर तिम्रा अरू इस्राएली साथीहरूले परमप्रभुले पठाउनुभएको आगोले गराएको यस मृत्युमा शोक गर्न पाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मोशाले हारून र उनका छोराहरू, एलाजार र ईतामारलाई भने, “तिमीहरूका शिरका केश नफुकाओ, आफ्ना लुगा नच्यात, नत्रता तिमीहरू मर्नेछौ र सबै समुदायमाथि परमप्रभुको क्रोध पर्ला। तर परमप्रभुले पठाउनुभएको अग्निले नष्ट भई मरेकाहरूका लागि तिमीहरूका नातेदारहरू, इस्राएलका सारा घरानाले विलाप गरे हुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि मोशाले हारून र तिनका छोराहरू एलाजार र ईतामारलाई भने, “तिमीहरूका केश खुल्ला नछोड्नू र आफ्ना लुगा नच्यात्नू; नत्रता तिमीहरू मर्नेछौ। अनि याहवेह सारा समुदायमाथि रिसाउनुहुनेछ। तर तिमीहरूका आफन्तहरू, इस्राएलका सारा घरानाले याहवेहले आगोद्वारा नष्ट गर्नुभएकाहरूका निम्ति विलाप गरून्।
Nepali ERV (पवित्र बाइबल)
तब मोशाले हारून र तिनका छोरा एलाजार र ईतामारलाई भने, “तिनीहरूको शिरको कपाल नखौर शोक देखाउनलाई आफ्ना लुगाहरू नच्यात, तब तिमीहरू मर्ने छैनौ, अनि परमप्रभु सबै मानिसहरूको विरूद्धमा क्रोधित हुनुहुने छैन। तर नादाब र अबीहूका लागि जो परमप्रभुद्वारा उत्पन्न गरेको आगोले गर्दा मरे, इस्राएलका सारा बासिन्दाहरू जो तिमीहरूका आफन्त छन् विलाप गर्न सक्छन्।