Leviticus 11:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[24-28] जसले यी पशुहरूका सिनु छुन्‍छ, त्‍यो साँझसम्‍म अशुद्ध हुन्‍छ, खुर भएका तर ती नचिरिएका र नउग्राउने सबै पशुहरू र पन्‍जा भएका चारखुट्टे जन्‍तुहरू। जसले तिनका सिनु बोक्‍छ, त्‍यसले आफ्‍नो वस्‍त्र धुनुपर्नेछ, तरै पनि त्‍यो बेलुकासम्‍म अशुद्ध रहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘यिनीहरूबाट तिमीहरू अशुद्ध हुनेछौ। जसले यिनीहरूका सिनु छुन्‍छ, त्‍यो साँझसम्‍म अशुद्ध रहन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘यिनीहरूको कारणले गर्दा तिमीहरूले आफूलाई अशुद्ध पार्छौ; जसले यिनीहरूको सिनो छुन्छ, त्यो साँझसम्म अशुद्ध हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
निम्न लिखित प्राणीहरूले तिमीहरूलाई फोहोर अनि अपवित्र पार्छ। कुनै पनि मानिस जसले तिनीहरूको सिनु छुन्छ त्यो साँझसम्म अपवित्र रहन्छ।