Leviticus 12:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
छोरो जन्‍मोस् वा छोरी, आफू शुद्ध हुने दिन पूरा भएपछि त्‍यस स्‍त्रीले पूजाहारीकहाँ होमबलिको लागि एउटा एकवर्षे भेडाको थुमा पापबलिको लागि एउटा ढुकुर वा परेवा परमप्रभुको पवित्र पालको ढोकामा ल्‍याओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘त्‍यसका शुद्ध हुने दिन पूरा भएपछि, छोराको निम्‍ति होस्‌ वा छोरीको निम्‍ति होस्, त्‍यसले होमबलिको लागि एउटा एक वर्षे थुमा र पापबलिको लागि परेवाको एउटा बचेरो वा एउटा ढुकुर भेट हुने पालको ढोकामा पूजाहारीकहाँ ल्‍याओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘आफ्नो छोरा अथवा छोरीका लागि त्यसका शुद्धीकरणका दिनहरू पूरा भएपछि त्यसले भेट हुने पालको प्रवेशद्वारमा पुजारीकहाँ होमबलिका निम्ति एकवर्षे थुमा र पाप शुद्धीकरण बलिका निम्ति एउटा कलिलो परेवा अथवा ढुकुर ल्याओस्।
Nepali ERV (पवित्र बाइबल)
“शुद्ध हुने दिन शेष भएपछि उसले छोरा पाएकी होस् अथवा छोरी, होमबलिको निम्ति एउटा एक बर्षे थुमा अनि पापबलिको निम्ति परेवाको एउटा बच्चा अथवा ढुकुरको बच्चा उसले पूजाहारी कहाँ भेट हुने पालको प्रवेशद्वारमा ल्याउनुपर्छ।