Leviticus 12:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्‍त्रीले भेडाको थुमा ल्‍याउन सकिन भने त्‍यसले दुईवटा ढुकुर कि परेवा ल्‍याओस्, एउटा होमबलिको लागि र अर्को पापबलिको लागि। पूजाहारीले त्‍यसको चोख्‍याउने विधि पूरा गरोस् र रीतिअनुसार त्‍यो शुद्ध हुनेछे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
थुमा ल्‍याउने त्‍यसको औकात छैन भने त्‍यसले दुई वटा ढुकुर अथवा परेवाका दुई वटा बचेरा— एउटा होमबलिको निम्‍ति र अर्को पापबलिको निम्‍ति ल्‍याओस्‌। यसरी पूजाहारीले त्‍यसको निम्‍ति प्रायश्‍चित गर्नेछन्, र त्‍यो शुद्ध ठहरिनेछे’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि त्यस स्त्रीसँग थुमा किनेर ल्याउने रकम छैन भने त्यसले एक जोर ढुकुर अथवा परेवाका दुई वटा बचेरा, एउटा होमबलिका निम्ति र अर्को पाप शुद्धीकरण बलिका निम्ति ल्याओस्। यस किसिमले पुजारीले त्यसका निम्ति प्रायश्‍चित गर्नेछ, र त्यो शुद्ध हुनेछे।’ ”
Nepali ERV (पवित्र बाइबल)
यदि उसले थुमा चढाउन सक्तिन भने होमबलि र पापबलिको निम्ति एक जोडी परेवाका बचेरा अथवा ढुकुर ल्याउनु पर्छ र पूजाहारीले उसलाई शुद्ध पार्छ अनि ऊ शुद्ध हुन्छे।”