Leviticus 13:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि कसैको छालामा घाउ-खटिरा, पिलो वा सुजन भयो भने त्‍यो रोग पछि बढेर डरलाग्‍दो छालाको रोग बन्‍न सक्‍छ। त्‍यसलाई हारूनवंशी पूजाहारीकहाँ लैजानू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“कुनै मानिसको छाला फुल्‍यो कि बिमिरा कि उज्‍ज्‍वल दाग निस्क्यो, र त्‍यसको छालामा सरुवा रोग लाग्‍यो भने, त्‍यसलाई पूजाहारी हारून अथवा तिनका पूजाहारी छोराहरूमध्‍ये एक जना कहाँ ल्‍याइओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जब कुनै मानिसको छाला सुनियो, अथवा त्यसमा फुस्रो दाद देखियो; अथवा चहकिलो दाग देखा पर्‍यो, र छालामा कुष्‍ठरोगको संक्रमण भयो भने त्यसलाई पुजारी हारून अथवा उसका पुजारी छोराहरूमध्ये एक जनाकहाँ ल्याइयोस्।
Nepali ERV (पवित्र बाइबल)
“यदि कुनै मानिसको आफ्नो शरीरको छालामा कुनै वर्णान्तर दाग, विफिरा अथवा कुनै घाउ छ भने त्यसबाट कुनै हानिकारक चर्म रोग हुन सक्ने सम्भावना रहे उसलाई हारून अथवा तिनका पूजाहारी छोराहरू भएको ठाउँमा लैजानु पर्छ।