Leviticus 13:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूजाहारीले त्‍यो घाउ वा खटिरा हेर्नेछ र त्‍यसमाथिका रौँहरू सेता भएका छन् र घाउ वरिपरिका छालाभन्दा गहिरो देखिने भएको छ भने त्‍यो डरलाग्‍दो छालाको रोग हो। पूजाहारीले त्‍यसलाई अशुद्ध भनी ठहराओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसको छालामा लागेको त्‍यो घाउ पूजाहारीले हेरून्, अनि त्‍यसको रोग लागेको ठाउँमा उम्रेको रौँ सेतो भएको छ र त्‍यो घाउ छालाभन्‍दा गहिरो देखा पर्‍यो भने, त्‍यो सरुवा रोग हो। पूजाहारीले त्‍यसलाई जाँचेपछि त्‍यसलाई अशुद्ध ठहराऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस पुजारीले त्यसको छालाको घाउ हेरोस्। यदि त्यस घाउको रौँ सेतो भएको छ, र त्यो घाउ छालाभन्दा गहिरो देखिन्छ भने त्यो कुष्‍ठरोगको संक्रमण हो। पुजारीले त्यसलाई जाँचेपछि त्यसले उसलाई विधिपूर्वक अशुद्ध भनी घोषणा गरोस्!
Nepali ERV (पवित्र बाइबल)
पूजाहारीले उसको चर्मरोग जाँच गर्नु पर्छ अनि यदि पूजाहारीले घाउमा भएका रौं फुलेको थाहा पाउनुहुन्छ घाउ छालाभन्दा गहिरो छ तब त्यो हानिकारक चर्मरोग हो। जब पूजाहारीले जाँच सक्नु हुन्छ तब त्यस मानिसलाई अशुद्ध घोषणा गरिनु पर्छ।