Leviticus 13:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि पूजाहारीले जाँच्‍दा घाउ चारैतिरका छालाभन्दा गहिरो देखिँदैन भने पूजाहारीले त्‍यसलाई सात दिनसम्‍म अलग छुट्ट्याएर राखोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर पूजाहारीले त्‍यो चिलाउने व्‍यथा जाँच गर्दा त्‍यो छालाभन्‍दा गहिरो देखिँदैन र त्‍यसमा कालो रौँ पनि छैन भने, पूजाहारीले त्‍यस रोगीलाई सात दिनसम्‍म अलग्‍ग राखून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि पुजारीले यस्ता किसिमको घाउ जाँच गर्दा, त्यो छालाभन्दा गहिरो देखिँदैन। साथै त्यसमा कुनै काला रौँहरू छैनन् भने पुजारीले त्यस व्यक्तिलाई सात दिनसम्म अलग्गै राखोस्।
Nepali ERV (पवित्र बाइबल)
पूजाहारीको जाँचमा यदि दाग छालाभन्दा गहिरो छैन अनि त्यहाँ कालो कपाल पाएको छैन भने त्यस मानिसहरूलाई अरूबाट सात दिनसम्म छुट्‌याउन पर्छ।