Leviticus 13:37 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर पूजाहारीको मतअनुसार घाउ फैलिएको छैन अनि रौँहरू राम्रा पलाएका छन् भने घाउ निको भएको छ र पूजाहारीले त्‍यसलाई विधिअनुसार शुद्ध ठहराओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर पूजाहारीले जाँच गर्दा त्‍यो चिलाउने व्‍यथा जस्‍ताको त्‍यस्‍तै रहेछ र त्‍यसमा कालो रौँ उम्रेछ भने, त्‍यो व्‍यथा निको भएको हो। त्‍यो शुद्ध छ, र पूजाहारीले त्‍यसलाई शुद्ध ठहराऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तरै पनि उसको जाँचअनुसार त्यो बदलिएको छैन, र त्यसमा काला रौँ उम्रेका छन् भने त्यो लुतो निको भएको छ; त्यो शुद्ध हो, र पुजारीले त्यसलाई शुद्ध भनी घोषणा गरोस्।
Nepali ERV (पवित्र बाइबल)
तर यदि दाग निको भएको घाउ देख्दा त्यसमा केही परिवर्त्तन नपाए अनि कालो रौं पलाएको भए त्यो दाग निको भएको हो। त्यो मानिस शुद्ध छ अनि पूजाहारीले त्यस मानिसलाई शुद्ध भनी घोषणा गरून्।