Leviticus 13:57 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि पनि ढुसी देखा पर्यो भने त्यो फेरि फैलँदै गएको हो र त्यस चीजका धनीले त्यसलाई जलाइदेओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्यो ढुसी अझै पनि लुगा, ताना, बाना वा छालाको कुनै वस्तुमा फेरि देखियो भने, त्यो फैलिँदैगएको हो। त्यो ढुसी भएको वस्तु आगोमा जलाइनुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि ढुसी लुगामा वा तुनेको अथवा बुनेका चीजमा अथवा छालाको चीजमा फेरि देखा पर्यो भने त्यो फैलिरहेको छ। अनि ढुसी परेको जुनसुकै कुरा पनि आगोद्वारा जलाइनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
यदि पूजाहारीको जाँचमा त्यो वस्तु, जे सुकैले, बनिएको किन नहोस्, त्यो दाग फैलिंदै गएको पाए त्यसलाई आगोमा जलाउनुपर्छ।