Leviticus 14:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आठौँ दिनमा त्‍यसले निष्‍खोट दुईवटा भेडाका पाठा र एउटी एकवर्षे पाठी, जैतुनको तेल मुछेको तीन किलोग्राम पिठो र एक लिटरको तीन भागको एक भाग जैतुनको तेल ल्‍याओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“आठौँ दिनमा त्‍यसले दुई वटा निष्‍खोट भेड़ाका पाठा र एक वर्षे एउटी निष्‍खोट पाठी, र अन्‍नबलिको लागि तेलमा मुछेको डेढ़ पाथी मसिनो पीठो, र आधा माना तेल ल्‍याओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“आठौँ दिनमा त्यसले भेडाका दुई वटा पाठाहरू र एउटी पाठी, सबै एकवर्षे र निष्खोट अनि अन्‍नबलिका निम्ति मसिनो पिठो जैतुन तेलसँग मिसाएको एपाको दश भागको तीन भाग र एक लोग तेल ल्याओस्।
Nepali ERV (पवित्र बाइबल)
“आठौं दिनको दिन त्यो चर्मरोग लागेको मानिसले भेडाको दुइवटा निष्खोट पाठो अनि एक वर्षको पाठी जसको कुनै खोट छैन र अन्नबलिको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो र आधा माना तेल ल्याओस्।