Leviticus 14:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूजाहारीले एउटा भेडाको पाठो लिएर एक लिटरको तीन भागको एक भाग जैतुनको तेलसित दोषबलि चढाओस्। उसले ती कुराहरू विशेष भेटीको रूपमा परमप्रभुलाई पूजाहारीहरूका निम्ति चढाउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तब पूजाहारीले त्यो आधा मानाको तेलसमेत भेड़ाका पाठाहरूमध्ये एउटा लिएर दोषबलि गरी चढ़ाऊन्, र डोलाइने बलिको निम्ति ती परमप्रभुको सामु डोलाऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तब पुजारीले त्यो तेलसमेत भेडाका पाठाहरूमध्ये एउटालाई लिएर दोषबलिस्वरूप चढाओस्। विशेष भेटीको रूपमा उचालिनका लागि याहवेहलाई चढाओस्।
Nepali ERV (पवित्र बाइबल)
तब पूजाहारीले एउटा पाठो अनि आधा माना तेल ल्याउनु पर्छ अनि परमप्रभुको निम्ति दोषबलिलाई डोलाउने बलिको रूप चढाउनु पर्छ।