Leviticus 14:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो मानिस दरिद्र छ र त्यसले केही ल्याउन सक्दैन भने त्यसले आफ्नो शुद्धीकरणको लागि परमप्रभुलाई विशेष भेटीको रूपमा पूजाहारीहरूका निम्ति दोषबलि चढाउन एउटा भेडाको पाठो मात्र ल्याओस्। त्यसले अन्नबलिको लागि जैतुनको तेल मुछेको एक किलोग्राम पिठो मात्र र एक लिटरको तीन भागको एक भाग जैतुनको तेल ल्याओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर त्यो दरिद्र छ र त्यति पनि पाउन सक्दैन भने, त्यसले आफ्नो प्रायश्चितको निम्ति दोषबलिको लागि डोलाउनलाई भेड़ाको एउटा पाठो, र अन्नबलिको लागि तेलमा मुछेको आधा पाथी मसिनो पीठो, र आधा माना तेल,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर यदि त्यो गरिब छ, र यी चीजहरू ल्याउन सक्दैन भने त्यसले आफ्ना निम्ति प्रायश्चित गर्न विशेष भेटीको रूपमा दोषबलिस्वरूप एउटा भेडाको पाठा, र साथमा अन्नबलिका लागि जैतुन तेल मिसाइएको एपाको दश भागको एक भाग मसिनो पिठो र एक लोग तेल ल्याओस्।
Nepali ERV (पवित्र बाइबल)
“तर यदि ऊ गरीब छ अनि त्यसको व्यवस्थामा गर्नु सक्दैन भने तब उसले शुद्ध हुनका लागि एउटा भेडा दोष बलिको रूपमा ल्याउनु पर्छ अनि एपाको दश खण्डको एक खण्ड तेल मिसाइएको मिहिन पीठो अनि एक माना जैतुनको तेल अन्न बलिको रूपमा ल्याउनु पर्छ।