Leviticus 14:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उसले पाठो मारेर त्यसको केही रगत लिई त्यस मानिसको दाहिने कानको लोती र दाहिने हात र खुट्टाको बुढी-औँलामा लगाइदेओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दोषबलिको पाठो मारेर पूजाहारीले बलिको रगतबाट केही लिएर त्यो शुद्ध हुनुपर्नेको दाहिने कानको लोती, दाहिने हातको बूढ़ी-औँलो र दाहिने खुट्टाको बूढ़ी-औँलामा लगाइदेऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले भेडालाई दोषबलिको निम्ति मारोस्। अनि त्यसको केही रगत लिएर शुद्ध हुनुपर्ने व्यक्तिको दाहिने कानको लोतीमा, त्यसको दाहिने हातको बूढी औँलामा र त्यसको दाहिने खुट्टाको बूढी औँलामा लगाओस्।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि दोषबलिको निम्ति भेडाको पाठो मारियोस् र त्यसको केही रगत शुद्ध पारिनु पर्ने मानिसको दाहिने कानको लोतीमा, दाहिने हातको र दाहिने खुट्टाको बूढी-औंलाहरूमा लगाऊन्।