Leviticus 14:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो नियम त्‍यस्‍तो मानिसको लागि हो, जसलाई डरलाग्‍दो छालाको रोग भएको छ र जसले शुद्धीकरणको निम्‍ति सबै चाहिने सामान्‍य भेटीहरू टक्र्याउन सक्‍दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
छालाको सरुवा रोग लागेर शुद्ध हुनलाई औकात नपुग्‍ने मानिसको निम्‍ति विधिहरू यी नै हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कुष्‍ठरोगको संक्रमण लागेको मानिस र आफ्नो शुद्धीकरणका निम्ति नियमित भेटीहरू चढाउने आर्थिक रूपमा असक्षम मानिसका निम्ति नियमहरू यिनै हुन्।
Nepali ERV (पवित्र बाइबल)
एक जना मानिसहरू चर्म रोगबाट मुक्त भएपछि शुद्ध हुनको निम्ति यी नियमहरू छन्। यी नियमहरू तिनीहरूका लागि हुन जो आफूलाई शुद्ध बनाउनका लागि नियमित बलि चढाउन जगेडा गर्न सक्दैनन्।