Leviticus 14:36 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूजाहारीले आफू गएर त्‍यस घरको जाँच गर्नुभन्दा अघि त्‍यहाँबाट सबै चीजबीज हटाउन लगाओस्, होइन भने त्‍यस घरमा भएका सबै थोक अशुद्ध ठहराइनुपर्छ। त्‍यसपछि उसले त्‍यस घरमा गएर
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ढुसी जाँच गर्नुभन्‍दा अघि चीजबीज अशुद्ध नठहराऊन्‌ भनेर घर रित्तो पार्ने आदेश पूजाहारीले देऊन्। त्‍यसपछि पूजाहारी घर जाँच गर्न भित्र जाऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस घरमा ढुसी जाँच गर्न जानुअगि पुजारीले त्यस घरलाई खाली गर्ने आदेश देओस्; ताकि त्यस घरभित्र भएका कुनै चीज पनि अशुद्ध भनी घोषित नहोस्। त्यसपछि पुजारी त्यो घर जाँच गर्न भित्र जाओस्।
Nepali ERV (पवित्र बाइबल)
“त्यसपछि पूजाहारीले घरमा आफू घर जाँच गर्नुअघि त्यस घरको प्रत्येक चीज बाहिर निकाल्ने आदेश दिऊन् कारण घरको प्रत्येक चीज नै अशुद्ध हुँदैन।