Leviticus 15:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
छाउनीको बीचमा भएको परमप्रभुको पवित्र पाललाई इस्राएलीहरूले आफ्ना अपवित्रताले अशुद्ध नपारून् भनेर तिनीहरूलाई चेतावनी दिनलाई परमप्रभुले मोशालाई यो आज्ञा दिनुभयो, तिनीहरूले पवित्र पाल अपवित्र गरे भने मारिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसरी तिमीहरूले इस्राएलीहरूलाई अशुद्ध पार्ने कुराबाट अलग्गै राख, नत्रता तिनीहरूका बीचमा रहेको मेरो वासस्थान तिनीहरूले दूषित पार्दा तिनीहरू आफ्नो अशुद्धिमा मर्लान्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तिमीहरूले इस्राएलीहरूलाई अशुद्ध तुल्याउने कुराहरूदेखि अलग्गै राख्नू; ताकि तिनीहरूबीच भएको मेरो वासस्थानलाई अपवित्र तुल्याइएको कारण तिनीहरू आफ्ना अशुद्धतामा मर्नेछैनन्।’ ”
Nepali ERV (पवित्र बाइबल)
“यसर्थ तिमीले इस्राएलका मानिसहरूलाई अशुद्ध भएको विषयमा सतर्क गराउनु पर्छ। यदि तिमी ती मानिसहरूलाई चेताउनी दिंदैनौ भने तिनीहरूले मेरो पवित्र पाललाई अशुद्ध पार्न सक्छन् तब तिनीहरू मर्नु पर्छ।”